भाले जस्तो उठ्छु

प्रेमीप्रेमिका/श्रीमानश्रीमती/महिलापुरुष/बिहे Posted By: Nphumor

बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु

मेरो एउटा गोरु मर्यो

मुर्ख Posted By: Nphumor

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो ……….यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो ……….
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)
धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ….
धुर्मुस :- अनी किन त …………..?
किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो ……..
आज मलाई मेरो गोरुको याद आयो अनी रोएको |

अन्तिम परिक्षाको तयारि

घरपरिवार साथीभाई Posted By: Nphumor
दुई जना साथिसाथिको गफ, श्याम : राम के हो तिम्रो हजुरआमात जतिबेला पनि रामायण पढिरहनुहुन्छ त ? रामले भन्यो हो यार उहाँ अन्तिम परिक्षाको तयारिमा हुनुहुन्छ ।

बिबाद प्रतियोगितामा परेको माया प्रिती यस्तै हुन्छ

बिभिद Posted By: Nphumor

हैन तिमी दुई लोग्नेस्वास्नि सधैं किन झगडा पर्छ हँ?” “के गर्ने हाम्रो पहिलो भेटघाट नै बाद बिबाद प्रतियोगितामा भएथ्यो ।”

पुरानो जनावर

बिद्यार्थी/कम्प्युटर/अफिस Posted By: Nphumor

शिक्षक- ‘भन च राम संसारको पुरानो जनावर कुन हो ?’
राम- ‘जेब्रा ?’
शिक्षक,’ किन ?’
राम- ‘ब्ल्याक एन्ड ह्वाइट छ नि त्यसैले ।’

दुई विद्यार्थी विद्यायलबाट फर्कँदै थिए ।

बिद्यार्थी/कम्प्युटर/अफिस Posted By: Nphumor

दुई विद्यार्थी विद्यायलबाट फर्कँदै थिए ।
एउटाले भन्यो,’मेरो बुबाले एक हातले ट्रक रोक्न सक्नुहुन्छ ।’
आश्यर्य मान्दै अर्कोले सोध्यो,’तिम्रो बुबा ठूला र बहादुर छन् कि क्या हो ?’
पहिलोले उत्तर दियो,’होइन, उहाँ ट्राफिक प्रहरी हो ।’

Page 1 of 12112345678910...203040...Last »
eXTReMe Tracker